• Satdobato, Lalitpur
  • +९७७५९१५२६४, +९७७५९१५२६२, +९७७५९१५२८०, +९७७५९१३२६८
  • Fax:
  • shubha_mcl@ntc.net.np

हाम्रो बारे

शुभलाभमा स्वागत छ

संघीय नेपाल बाग्मती प्रदेशको १३ जिल्लामध्ये ललितपुर एक हो । यस ऐतिहासिक ललितपुर जिल्लाको उत्कृष्ट सहकारीमध्ये शुभलाभ बहुउद्देश्यीय सहकारी लिमिटेड परेकोमा हामीलाई गर्व महसुस भइरहेको छ । यो सहकारी संस्था ललितपुर महानगरपालिका वडा नंं.१५ सातदोबाटो चोकमा सुचारु रहेको छ । संस्थाको स्वामित्वमा रहेको ०-१५-३-० (पन्ध्र आना तीन पैसा) क्षेत्रफलमा पाँचतले शुभलाभ भवनबाट कारोबार सञ्चालन हुँदै आएको छ ।
सहकारी ऐन २०४८ बमोजिम डिभिजन सहकारी कार्यालय ललितपुरमा भगवती शुभलाभ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड नामबाट २०५६ साल असोज २८ गते दर्ता भएको थियो | तर कुशल व्यवस्थापन हनु नसकी निस्क्रिय थियो । सोही सहकारीलाई २०६३ साल असार १ गतेबाट नयाँ व्यवस्थापनले जिम्मेवारी लियो । जसमा २६ जनाको समूहले यसको सञ्चालन स्वामित्व लिन पुग्यो । सहाकारीको मूल्य र सिद्धान्त महत्वपूर्ण पक्ष हो । त्यसलाई आत्मसाथ गर्दै संस्थामा आवद्ध सदस्यहरूको आर्थिक, सामाजिक र सांस्कृतिक विकास गर्ने मूलभुत उद्देश्य राखेर नयाँ व्यवस्थापन अघि स¥यो । सुरुमा रु.१९,७०,०००/- (अक्षरेपी उन्नाइस लाख सत्तरी हजारमात्र) को शेयर पूँजी संकलन गरी ललितपुरको लगनखेलस्थित स्काउट भवनमा कार्यालय स्थापना गरी कारोबार प्रारम्भ गरेको हो । २०६३ साल पुसमा सम्पन्न नवौं साधारण सभाले संस्थाको नाम संशोधन गर्ने निर्णय ग¥यो । जसअनुसार साबिक भगवती शुभलाभ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई शुभलाभ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड नामाकरण गरिएको हो ।
संस्थाले प्रतिकुलताका बावजुद अनुकुल वातावरण निर्माणमा जोड दिदैआएको छ । सहकारीको मेरुदण्ड भनेकै शेयर सदस्यहरू हुन् । संस्थाको सञ्चालक समितिले सदस्यहरूको निरन्तर विश्वास कमाउनेतर्फ ध्यान केन्द्रित ग¥यो । यसमा लेखा समिति तथा विभिन्न उप–समितिहरूको अथक प्रयास जारी रह्यो भने ती दृढ संकल्पलाई शुभलाभका कर्मचारीहरूको इमान्दारिता र मेहनतले मलजल गर्न सक्यो । यसरी शुभलाभ बहुउद्देश्यीय सहकारी संस्था समुदयमाझ लोकप्रिय बन्न पुगेको हो । माथि उल्लेखित सफलताको कडी यत्तिमै सीमित छैन । सहकारीको मूल्य र सिद्धान्तलाई थप प्रवद्र्धन गर्दै सदस्यहरूको आर्थिक समृद्धिको लागि हाम्रो प्रतिवद्धता निरन्तर रहेको छ । रहने छ ।

परिकल्पना
सम्पूर्ण सदस्यहरूको लागि स्थायी तथा सामाजिक, आर्थिक विकासको एक मात्र वित्तीय विकल्प शुभलाभ ।

ध्येय
सदस्यहरूको सामाजिक, आर्थिक आवश्यकताहरूको समर्थन, उत्थान गर्न प्रतिस्पर्धात्मक वित्तीय तथा सान्दर्भिक र उचित जीविकोपार्जनमा सेवा प्रदान गर्न शुभलाभ । 

उद्देश्य

  • संस्थामा संलग्न सदस्यहरूको नियमित बचत गर्ने बानीको विकास गर्ने ।
  • आम्दानीको आधारमा बचत र खर्च गर्ने बानीको विकास गर्ने ।
  • समुदयको विकास र आर्थिक समृद्धिको लागि अविच्छिन्न लागीरहने ।
  • नियमित रूपमा प्राप्त निक्षेपमा प्रतिस्पर्धात्मक ब्याजदरमा ब्याज प्रदान गर्ने ।
  • विभिन्न सिपमूलक, आयमूलक र उत्पादनमूलक उद्देश्यका लागि सदस्यहरूलाई सरल कर्जा र व्यावसायिक परामर्श प्रदान गर्ने ।
  • आफ्नै लगानीमा सञ्चालन गरिएको आधुनिक कृषि फर्मलाई निरन्तरता दिने ।
  • फर्मबाट उत्पादित उत्पादनहरू सेवा केन्द्र लगनखेलबाट सरल मूल्यमा बिक्री वितरण गरिएको कार्यलाई निरन्तरता दिने ।
  • आफ्नै भवनमा कृषि उत्पादन सम्बन्धी बिक्री कक्ष सञ्चालन गर्ने ।
  • सदस्य तथा कृषकहरूलाई आधुनिक खेती सम्बन्धी तालिम प्रदान गर्ने ।
  • कृषि सम्बन्धी सामाग्री (बिउबिजन, मल आदि) को बिक्री कक्ष सञ्चालन गर्ने ।
  • संस्थालाई निरन्तर प्रतिस्पर्धात्मक बनाउनको लागि आवश्यक तालिमहरू सञ्चालन गर्ने ।
  • संस्थाको सञ्चालक, लेखा तथा विभिन्न उप–समितिहरूलाई विषयगत शिक्षा तथा तालिम प्रदान गर्ने तथा सहभागी गराउने ।
  • संस्थामा आबद्ध सदस्यहरूको सहकारी सम्बन्धी प्रारम्भिक शिक्षा प्रदान गर्ने ।