वैशाखको पहिलो साता नै एक दिनमा ज्यान गुमाउनेको संख्या दुई अंक अर्थात् १० माथि पुग्यो, वैशाख २७ पछि तीन अंक अर्थात् सयभन्दा बढीको मृत्यु हुन थाल्यो ।
वैशाखको पहिलो साता नै एक दिनमा ज्यान गुमाउनेको संख्या दुई अंक अर्थात् १० माथि पुग्यो, वैशाख २७ पछि तीन अंक अर्थात् सयभन्दा बढीको मृत्यु हुन थाल्यो ।
‘दोस्रो लहरमा कोभिडले मृत्यु हुनेको संख्या हरेक साता अप्रत्याशित रूपमा दोब्बरभन्दा बढी भएको छ,’ वरिष्ठ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीले भने, ‘गत वर्ष कोभिडको पहिलो लहरमा यस्तो अवस्था थिएन ।’
ईडीसीडीका पूर्वनिर्देशक डा. ठाकुरले चिकित्सा सेवा सुविधा बेलैमा नपाउँदा धेरै संक्रमितको मृत्यु भएको बताए ।
‘उपयुक्त सेवा बेलैमा पाएको भए कोभिडले मृत्यु भएको भनिएकामध्ये करिब आधा जतिलाई बचाउन सकिन्थ्यो,’ उनले भने ।
डा. ठाकुरले रोग पहिचान नभएर कतिपय संक्रमितको घरमै मृत्यु भएको हुन सक्ने पनि बताए ।
‘देशभरिका पालिकामा डेढ महिनायता दर्ता भएको मृत्युको विश्लेषण आवश्यक छ । करिब ९० प्रतिशतसम्म मृत्यु कोभिडसँग सम्बन्धित हुन सक्छ,’ उनले भने । कान्तिपुरमा खबर छ ।