• Satdobato, Lalitpur
  • +९७७५९१५२६४, +९७७५९१५२६२, +९७७५९१५२८०, +९७७५९१३२६८
  • Fax:
  • shubha_mcl@ntc.net.np

कृषि कर्जा

कृषि कर्जा

(क)    संस्थाका सदस्यलाई आय आर्जन हुने खालका कृषि परियोजना तथा व्यवसाय विस्तार र सञ्चालन गर्नको लागि यो कर्जा सुविधा उपलब्ध गराउन सक्नेछ ।
(ख)    कृषि जन्य कार्यका लागि कर्जा प्रदान गर्दा उक्त व्यवसाय सञ्चालनको लगानी गरिएको कर्जा फिर्ता हुन सक्छ वा सक्दैन विश्लेषण गर्नु पर्नेछ ।
(ग)    कर्जाको सीमा, अवधि, बयाज दर, भुक्तानी तालिका र प्रक्रियागत शुल्क सञ्चालक समितिले समय समयमा निर्धारण गरेबमोजिम हुनेछ ।
(घ)    सम्बन्धित परियोजना तथा ब्यवसायको स्थलगत निरीक्षण पश्चात् कर्जा लगानी गर्न उपयुक्त भएमा मात्र यो कर्जा उपलब्ध गराउन सक्नेछ ।

८.१ कृषि कर्जा लिनको लागि पेश गर्नुपर्ने कागजातहरू
(क)    कर्जा माग गरिएको पत्र र ऋणी स्वयम्ले पूर्ण रूपमा भरेको ऋण निवेदन फारम ।
(ख)    नेपाली नागरिकताको प्रमाण–पत्रको प्रमाणित प्रतिलिपि १ प्रति ।
(ग)    हालसालै खिचिएको पासपोर्ट साइजको फोटो १ प्रति  ।
(घ)    सञ्चालन गर्ने कृषि परियोजनाको प्रस्तावित विस्तृत विवरण ।
(ङ)    कर्जा उपभोग गर्ने सम्बन्धमा एकाघरको परिवारको सदस्यको मञ्जुरिनामा र धन जमानी ।
(च)    व्यक्तिगत धन जमानी बसिदिने १ जना सदस्यको नागरिकताको प्रमाणित प्रतिलिपि १ प्रति ।
(छ)    व्यक्तिगत धन जमानी बसिदिने १ जना सदस्यको पासपोर्ट साइजको फोटो १ प्रति ।
(ज)    ऋण माग गर्ने सदस्यको संस्थामा भएको कारोबार खाताको विवरण, शेयर प्रमाण–पत्रको प्रमाणित प्रतिलिपि ।
(झ)    ऋणीको घर र परियोजनासम्म पुग्ने नक्सा ।
 

Get in Touch