(क) सदस्यहरूले आवधिक बचत खातामा जम्मा गरेका आवधिक बचत रकमको आधारमा बचत रकमको ९० प्रतिशतसम्म ऋण लिन सक्नेछन् ।
(ख) आवधिक बचत धितो कर्जा लिने सदस्यले संस्थाले उपलब्ध गराएको आवधिक बचत प्रमाण–पत्र ऋण चुक्ता नहुन्जेल संस्थालाई फिर्ता गर्नु पर्नेछ ।
(ग) यस कर्जा शीर्षक अन्तरगत रहेर कर्जा लिनुपर्दा आवधिक बचतको साथै संस्थामा खरिद गरेको शेयर रकम र मासिक बचतलाई समेत सुरक्षणको आधार मान्न सकिने छ ।
(घ) ऋणको ब्याज दर आवधिक बचतमा संस्थाले प्रदान गरेको ब्याजभन्दा थप २ प्रतिशत लाग्नेछ ।
(ङ) कर्जाको अवधि आवधिक बचतको अवधिसम्म मात्र हुनेछ ।
५.१ आवधिक बचत कर्जा लिनको लागि पेश गर्नुपर्ने कागजातहरू
(क) कर्जा माग गरिएको पत्र र ऋणी स्वयम्ले पूर्ण रूपमा भरेको ऋण निवेदन फारम ।
(ख) नेपाली नागरिकताको प्रमाण–पत्रको प्रमाणित प्रतिलिपि १ प्रति ।
(ग) हालसालै खिचिएको पासपोर्ट साइजको फोटो १ प्रति ।
(घ) सक्कल आवधिक बचत रसिद ।
(ङ) ऋणीको घर र परियोजनासम्म पुग्ने नक्सा ।