(क) सदस्यहरूले आपूmलाई आवश्यक पर्ने जग्गा÷घर खरिद गर्न, घर निर्माण तथा मर्मत गर्नको लागि यस कर्जा लिन सक्नेछन् ।
(ख) यस कर्जा लिनको लागि घर निर्माण सम्बन्धी सम्बन्धित निकायको स्वीकृत गरेको घरको नक्सा तथा अन्य आवश्यक कागजात पेश गर्नु पर्नेछ ।
(ग) कर्जाको सीमा, अवधि, ब्याज दर, भुक्तानी तालिका र प्रक्रियागत शुल्क सञ्चालक समितिले समय समयमा निर्धारण गरे बमोजिम हुनेछ ।
(च) ब्याजदर त्रैमासिक रूपमा १६% छ, मासिक १५% छ।
३.१ घर निर्माण तथा जग्गा खरिद कर्जा लिनको लागि पेश गर्नुपर्ने कागजातहरू
(क) कर्जा माग गरिएको पत्र र ऋणी स्वयम्ले पूर्ण रूपमा भरेको ऋण निवेदन फारम ।
(ख) नेपाली नागरिकताको प्रमाण–पत्रको प्रमाणित प्रतिलिपि १ प्रति ।
(ग) हालसालै खिचिएको पासपोर्ट साइजको फोटो १ प्रति ।
(घ) सम्बन्धित स्थानीय तहबाट निर्माण गर्ने घरको स्वीकृत नक्साको प्रतिलिपि १ प्रति ।
(ङ) धितो राख्ने जग्गाको लालपूर्जाको प्रतिलिपि, सक्कल लिखत, बकसपत्र १÷१ प्रति ।
(च) धितो दिने घर–जग्गाको मालपोत कार्यालयले वित्तिय प्रयोजनका लागि दिन प्रमाणित नापी ट्रेस नक्सा सक्कल र चार किल्ला १÷१ प्रति ।
(छ) चालु वर्षको तिरो तिरेको रसिद १ प्रति ।
(ज) मासिक आय, आफ्नो बाहेक एकाघरको परिवारका सदस्यको भएमा नाता प्रमाणित पत्र १ प्रति ।
(झ) कर्जा उपभोग गर्ने सम्बन्धमा एकाघरको परिवारको सदस्यको मञ्जुरिनामा र धन जमानी ।
(ञ) धितो रहेको जग्गामा घर भएमा घरको विमा गरेको विमालेखको सक्कल प्रति ।
(ट) धितोमा अंश हक लाग्ने अंशियारहरूको विवरण र स्वघोषणा पत्र ।
(ठ) व्यक्तिगत धन जमानी बसिदिने १ जना सदस्यको नागरिकताको प्रमाणित प्रतिलिपि १ प्रति ।
(ड) व्यक्तिगत धन जमानी बसिदिने १ जना सदस्यको हालसालै खिचिएको पासपोर्ट साइजको फोटो १ प्रति ।
(ढ) ऋण माग गर्ने सदस्यको संस्थामा भएको कारोबार खाताको विवरण, शेयर प्रमाण–पत्रको प्रमाणित प्रतिलिपि ।
(ण) ऋणीको घर र परियोजनासम्म पुग्ने नक्सा ।