• Satdobato, Lalitpur
  • +९७७५९१५२६४, +९७७५९१५२६२, +९७७५९१५२८०, +९७७५९१३२६८
  • Fax:
  • shubha_mcl@ntc.net.np

घरेलु कर्जा

घरेलु कर्जा

(क)    सदस्यहरूले पेश गरेको घरेलु तथा साना परियोजना एवम् उद्यमशिलता सम्बन्धि काम गर्नको लागि यस कर्जा लगानी गरिनेछ ।
(ख)    यस्तो परियोजना उत्पादनमूलक, आय आर्जन सम्बन्धी हुनु पर्नेछ ।
(ग)    विशेषगरी स्थानीय स्रोत एवम् साधनहरूको परिचालन गर्ने किसिमको योजनामा यस्तो कर्जा प्रदान गरिने छ ।
(घ)    समुदायका सदस्यहरू मिली परियोजना सञ्चालन गर्ने भएमा सदस्य एवम् वा समूहलाई यस्तो कर्जा प्रदान गरिने छ ।
(ङ)    कर्जाको सीमा, अवधि, ब्याज दर, भुक्तानी तालिका र प्रक्रियागत शुल्क सञ्चालक समितिले समय समयमा निर्धारण गरेबमोजिम हुनेछ ।
(च)  ब्याजदर त्रैमासिक रूपमा १६% छ।

१२.१ घरेलु कर्जा लिनको लागि पेश गर्नुपर्ने कागजातहरू  
(क)    कर्जा माग गरिएको पत्र र ऋणी स्वयम्ले पूर्ण रूपमा भरेको ऋण निवेदन फारम ।
(ख)    नेपाली नागरिकताको प्रमाण–पत्रको प्रमाणित प्रतिलिपि १ प्रति ।
(ग)    हालसालै खिचिएको पासपोर्ट साइजको फोटो १ प्रति  ।
(घ)    सञ्चालन गर्ने परियोजनाको विस्तृत विवरण ।
(ङ)    कर्जा उपभोग गर्ने सम्बन्धमा एकाघरको परिवारको सदस्यको मञ्जुरिनामा र धन जमानी ।
(च)    व्यक्तिगत धन जमानी बसिदिने १ जना सदस्यको नागरिकताको प्रमाणित प्रतिलिपि १ प्रति ।
(छ)    व्यक्तिगत धन जमानी बसिदिने १ जना सदस्यको हालसालै खिचिएको पासपोर्ट साइजको फोटो १ प्रति ।
(ज)    ऋण माग गर्ने सदस्यको संस्थामा भएको कारोबार खाताको विवरण, शेयर प्रमाण–पत्रको प्रमाणित प्रतिलिपि ।
(झ)    ऋणीको घर र परियोजनासम्म पुग्ने नक्सा ।