• Satdobato, Lalitpur
  • +९७७५९१५२६४, +९७७५९१५२६२, +९७७५९१५२८०, +९७७५९१३२६८
  • Fax:
  • shubha_mcl@ntc.net.np

सामुहिक जमानी कर्जा

सामुहिक जमानी कर्जा

(१)    संस्थाले सदस्यको शेयर, बचत रकम र विगतको कारोबारको आधारमा यो कर्जा सुविधा उपलब्ध गराउन सकिनेछ । 
(२)    समय सिमाभित्र साँवा र ब्याज तिर्न नसकेमा ऋणी स्वयम्को शेयर रकम र बचत निक्षेप रकमबाट संस्थाले अशुल गर्नुपर्ने ऋण रकम अशुल गरी अशुल हुन बाँकी रकममात्र जमानी बसिदिने व्यतिmको शेयर रकम र बचत निक्षेप रकमबाट अशुल उपर गर्नेछ ।
(३)    यो कर्जा सामुहिक जमानतको आधारमा उपलब्ध गराउन सकिने छ  ।
(४)    कर्जाको सीमा, अवधि, ब्याज दर र भुक्तानी तालिका सञ्चालक समितिले समय समयमा निर्धारण गरेबमोजिम हुनेछ ।

१०.१ सामुहिक जमानी कर्जा लिनको लागि पेश गर्नुपर्ने कागजातहरू  
(क)    कर्जा माग गरिएको पत्र र ऋणी स्वयम्ले पूर्ण रूपमा भरेको ऋण निवेदन फारम ।
(ख)    नेपाली नागरिकताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपि १ प्रति ।
(ग)    हालसालै खिचिएको पासपोर्ट साइजको फोटो १ प्रति  ।
(घ)    कर्जा लिए पश्चात् सञ्चालन गर्ने व्यवसायको विस्तृत विवरण ।
(ङ)    ऋणीले कर्जा भुक्तानी तालिकाअनुसार कर्जा नतिरेमा, चुक्ता नगरेमा धन जमानत बसिदिने सदस्यले दामासाहीमा कर्जाको किस्ता तिर्न र संस्थामा रहेको शेयर र बचत रकमबाट कट्टा गरी अशुल उपर गर्न मञ्जुर गरेको मञ्जुरिनामा ।
(च)        व्यक्तिगत धन जमानी बसिदिने १ जना सदस्यको नागरिकताको प्रमाणित प्रतिलिपि १ प्रति ।
(छ)        व्यक्तिगत धन जमानी बसिदिने १ जना सदस्यकोे पासपोर्ट साइजको फोटो १ प्रति ।
(ज)    ऋण माग गर्ने सदस्यको संस्थामा भएको कारोबार खाताको विवरण, शेयर प्रमाण–पत्रको प्रमाणित प्रतिलिपि ।
(झ)    ऋणीको घर र परियोजनासम्म पुग्ने नक्सा ।
(ञ)     कर्जा उपभोग गर्ने सम्बन्धमा एकाघरको परिवारको सदस्यको मञ्जुरिनामा र धन जमानी ।