• Satdobato, Lalitpur
  • +९७७५९१५२६४, +९७७५९१५२६२, +९७७५९१५२८०, +९७७५९१३२६८
  • Fax:
  • shubha_mcl@ntc.net.np

बैदेशिक रोजगार कर्जा

बैदेशिक रोजगार कर्जा

(क)    कर्जा माग गर्दा कुन देशमा के कामको लागि जाने हो, कति समयको लागि जाने हो, लाग्ने शुल्क र खर्चको प्रमाणित विवरण पेश गर्नु पर्नेछ  ।
(ख)    बैदेशिक रोजगार कर्जा प्राप्त गर्ने सदस्यले सम्बन्धित रोजगार दाताले दिने काम र मासिक पारिश्रमिक खुलेको कागजात पेश गर्नु निजको दायित्व हुनेछ ।
(ग)    कर्जाको सीमा, अवधि, ब्याज दर, भुक्तानी तालिका र प्रक्रियागत शुल्क सञ्चालक समितिले समय समयमा निर्धारण गरेबमोजिम हुनेछ ।
(घ)   यो कर्जा सदस्य स्वयम् वा सदस्यको एकाघरको परिवारको सदस्यलाई वैदेशिक रोजगारमा जाने प्रयोजनको लागि प्रदान गरिने छ । 
(च)    ब्याजदर त्रैमासिक रूपमा १६% छ ।

११.१ वैदेशिक रोजगार कर्जा लिनको लागि पेश गर्नुपर्ने कागजातहरू  
(क)    कर्जा माग गरिएको पत्र र ऋणी स्वयम्ले पूर्ण रूपमा भरेको ऋण निवेदन फारम ।
(ख)    नेपाली नागरिकताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपि १ प्रति ।
(ग)    हालसालै खिचिएको पासपोर्ट साइजको फोटो १ प्रति ।
(घ)    कुन देशमा के कामको लागि जाने हो, कति समयको लागि जाने हो, लाग्ने शुल्क र खर्चको प्रमाणित विवरण । 
(ङ)    ऋणीको घरसम्म पुग्ने नक्सा  ।
(च)    कर्जा उपभोग गर्ने सम्बन्धमा एकाघरको परिवारको सदस्यको मञ्जुरिनामा र धन जमानी ।
(छ)    व्यक्तिगत धन जमानी बसिदिने १ जना सदस्यको नागरिकताको प्रमाणित प्रतिलिपि १ प्रति ।
(ज)    व्यक्तिगत धन जमानी बसिदिने १ जना सदस्यको हालसालै खिचिएको पासपोर्ट साइजको फोटो १ प्रति ।
(झ)    कर्जा माग गर्ने सदस्यको संस्थामा भएको कारोबार खाताको विवरण, शेयर प्रमाण–पत्रको प्रमाणित प्रतिलिपि ।
(ञ)    सम्बन्धित रोजगारदाताले दिने काम र मासिक पारिश्रमिक खुलेको कागजात ।