• Satdobato, Lalitpur
  • +९७७५९१५२६४, +९७७५९१५२६२, +९७७५९१५२८०, +९७७५९१३२६८
  • Fax:
  • shubha_mcl@ntc.net.np

व्यावसायिक कर्जा

व्यावसायिक कर्जा

(क)    संस्थाले सदस्यलाई आय आर्जन हुने खालका उद्योग तथा व्यवसाय सञ्चालनका लागि कर्जा उपलब्ध गराउने छ ।
(ख)    यो कर्जा रकम साना तथा घरेलु व्यवसाय र अन्य व्यापार व्यवसाय सञ्चालन एवम् विस्तार गर्न इच्छुक सदस्यले उपभोग गर्न सक्नेछन् ।
(ग)    व्यावसायिक कर्जा प्रदान गर्दा उक्त व्यवसाय सञ्चालनको लगानी गरिएको कर्जा भुक्तानी तालिकाअनुसार फिर्ता हुन सक्छ वा सक्दैन विश्लेषण गर्नु पर्नेछ । 
(घ)    कर्जाको सीमा, अवधि, ब्याज दर, भुक्तानी तालिका र प्रक्रियागत शुल्क सञ्चालक समितिले समय समयमा निर्धारण गरेबमोजिम हुनेछ ।
(च)    ब्याजदर त्रैमासिक रूपमा १६% छ, मासिक १५% छ।

१.१    व्यावसायिक कर्जा लिनको लागि पेश गर्नुपर्ने कागजातहरू
(क)        कर्जा माग गरिएको पत्र र ऋणी स्वयम्ले पूर्ण रूपमा भरेको ऋण निवेदन फारम ।
(ख)        नेपाली नागरिकताको प्रमाण–पत्रको प्रमाणित प्रतिलिपि १ प्रति ।
(ग)        हाल सालै खिचिएको पासपोर्ट साइजको फोटो १ प्रति ।
(घ)        सञ्चालन गर्ने व्यवसायको विस्तृत विवरण ।
(ङ)        कर्जा उपभोग गर्ने सम्बन्धमा एकाघरको परिवारको सदस्यको मञ्जुरिनामा र धन जमानी ।
(च)        व्यक्तिगत धन जमानी बसिदिने १ जना सदस्यको नागरिकताको प्रमाणित प्रतिलिपि १ प्रति ।
(छ)        व्यक्तिगत धन जमानी बसिदिने १ जना सदस्यको हालसालै खिचिएको पासपोर्ट साइजको फोटो १ प्रति ।
(ज)    ऋण माग गर्ने सदस्यको संस्थामा भएको कारोबार खाताको विवरण, शेयर प्रमाण–पत्रको प्रमाणित प्रतिलिपि ।
(झ)        ऋणीको घर र परियोजनासम्म पुग्ने नक्सा ।
(ञ)     व्यवसाय दर्ता प्रमाणपत्र, कर चुक्ता र व्यवसाय नविकरण भएको प्रमाण–पत्रको प्रतिलिपि ।