(क) सदस्यहरूले पेश गरेको उद्योग, कल कारखाना तथा उद्यमशिलता सम्बन्धि परियोजना सञ्चालन गर्नको लागि यस कर्जा लगानी गरिनेछ ।
(ख) यस्तो परियोजना उत्पादनमूलक, आय आर्जन सम्बन्धी हुनु पर्नेछ ।
(ग) विशेष गरी स्थानीय स्रोत एवम् साधनहरूको परिचालन गर्ने किसिमको योजनामा यस्तो कर्जा प्रदान गरिने छ ।
(घ) समुदायका सदस्यहरू मिली परियोजना सञ्चालन गर्ने भएमा सदस्य एवम् वा समूहलाई यस्तो कर्जा प्रदान गरिने छ ।
(ङ) कर्जाको सीमा, अवधि, व्याज दर, भुक्तानी तालिका र प्रक्रियागत शुल्क सञ्चालक समितिले समय समयमा निर्धारण गरेबमोजिम हुनेछ ।
(च) ब्याजदर त्रैमासिक रूपमा १६% छ, मासिक १५% छ।
६.१ औद्योगिक कर्जा लिनको लागि पेश गर्नुपर्ने कागजातहरू
(क) कर्जा माग गरिएको पत्र र ऋणी स्वयम्ले पूर्ण रूपमा भरेको ऋण निवेदन फारम ।
(ख) नेपाली नागरिकताको प्रमाणरूपत्रको प्रमाणित प्रतिलिपि १ प्रति ।
(ग) हालसालै खिचिएको पासपोर्ट साइजको फोटो १ प्रति ।
(घ) सञ्चालन गर्ने उद्योग तथा परियोजनाको विस्तृत विवरण ।
(ङ) कर्जा उपभोग गर्ने सम्बन्धमा एकाघरको परिवारको सदस्यको मञ्जुरिनामा र धन जमानी ।
(च) व्यक्तिगत धन जमानी बसिदिने १ जना सदस्यको नागरिकताको प्रमाणित प्रतिलिपि १ प्रति ।
(छ) व्यक्तिगत धन जमानी बसिदिने १ जना सदस्यको हालसालै खिचिएको पासपोर्ट साइजको फोटो १ प्रति ।
(ज) ऋण माग गर्ने सदस्यको संस्थामा भएको कारोबार खाताको विवरण, शेयर प्रमाण–पत्रको प्रमाणित प्रतिलिपि ।
(झ) ऋणीको घर र परियोजनासम्म पुग्ने नक्सा ।