(क) यो कर्जा सदस्यहरूलाई साना व्यापार व्यवसाय सञ्चालन एवम् व्यवसाय प्रवद्र्धन गर्नको लागि लगानी गरिने छ ।
(ख) यस्तो कर्जा व्यक्ति वा समूह जमानीमा व्यक्ति वा समूहलाई विना धितो पनि लगानी गर्न सकिनेछ ।
(ग) तरकारी खेती, नगदे बाली, पशुपालन व्यवसाय अन्य आयमूलक व्यवसायलाई यस्तो कर्जा प्रदान गरिने छ ।
(घ) यस कर्जा लिने सदस्यले ऋणको साँवा र ब्याज किस्ताबन्दीमा चुक्ता गर्नु पर्नेछ ।
(ङ) कर्जाको सीमा, अवधि, ब्याज दर र भुक्तानी तालिका सञ्चालक समितिले समय समयमा निर्धारण गरेबमोजिम हुनेछ ।
(च) यो कर्जा संस्थाको लघुवित्त सञ्चालन निर्देशिका अनुसार कार्यान्वयन गरिने छ ।
७.१ लघुवित्त कर्जा लिनको लागि पेश गर्नुपर्ने कागजातहरू
(क) कर्जा माग गरिएको पत्र र ऋणी स्वयम्ले पूर्ण रूपमा भरेको ऋण निवेदन फारम ।
(ख) नेपाली नागरिकताको प्रमाण–पत्रको प्रमाणित प्रतिलिपि ।
(ग) हालसालै खिचिएको पासपोर्ट साइजको फोटो १ प्रति ।
(घ) कर्जा उपभोग गर्ने सम्बन्धमा एकाघरको परिवारको सदस्यको मञ्जुरिनामा र धन जमानी ।
(ङ) व्यक्तिगत धन जमानी बसिदिने १ जना सदस्यको नागरिकताको प्रमाणित प्रतिलिपि १ प्रति ।
(च) व्यक्तिगत धन जमानी बसिदिने १ जना सदस्यको पासपोर्ट साइजको फोटो १ प्रति ।
(छ) ऋण माग गर्ने सदस्यको संस्थामा भएको कारोबार खाताको विवरण, शेयर प्रमाण–पत्रको प्रमाणित प्रतिलिपि ।
(ज) ऋणीको घर र परियोजनासम्म पुग्ने नक्सा ।