(क) संस्थाका सदस्यहरूलाई घरायसी तथा व्यावसायिक प्रयोजनका सामानहरू (जस्तै– मोटर, मोटर साइकल, विद्युतीय तथा अन्य उपकरणहरू) खरिद गर्नको लागि कर्जा लगानी गरिने छ ।
(ख) ऋण माग गर्दा आपूmले खरिद गर्न चाहेको सामानको कोटेसन पेश गर्नु पर्नेछ ।
(ग) ऋण स्वीकृत रकम र सामानको मूल्यको फरक रकम संस्थामा नगद जम्मा गर्नु पर्नेछ ।
(घ) यो ऋणको भुतmानी दैनिक वा मासिक किस्तामा गर्नु पर्नेछ । लगातार तीन किस्ता नबुझाएमा संस्थाले सार्वजनिक सूचना प्रकाशित गरी वा सम्बन्धित सदस्यलाई चेतावनी दिई संस्थाले सामान खिच्न सक्नेछ । तर संस्थाले सामान खिचेको भन्दैमा ऋण चुतmा भएको मानिने छैन ।
(ङ) संस्थाबाट ऋण लिई संस्थाकै नाममा दर्ता कायम गरिएका सामानहरू सम्बन्धित सदस्यले ऋण चुक्ता गरेपछि निजको नाममा नामसारी गरिने छ ।
(च) कर्जाको सीमा, अवधि, ब्याज दर, भुक्तानी तालिका र प्रक्रियागत शुल्क सञ्चालक समितिले समय समयमा निर्धारण गरेबमोजिम हुनेछ ।
(छ) ब्याजदर त्रैमासिक रूपमा १६% छ ।
२.१ हायर पर्चेज कर्जा लिनको लागि पेश गर्नुपर्ने कागजातहरू
(क) कर्जा माग गरिएको पत्र र ऋणी स्वयम्ले पूर्ण रूपमा भरेको ऋण निवेदन फारम ।
(ख) नेपाली नागरिकताको प्रमाण–पत्रको प्रमाणित प्रतिलिपि १ प्रति ।
(ग) हालसालै खिचिएको पासपोर्ट साइजको फोटो १ प्रति ।
(घ) आधिकारिक फर्म वा कम्पनीको कोटेसन ।
(ङ) नगद जम्मा गरेको भौचर ।
(च) कर्जा उपभोग गर्ने सम्बन्धमा एकाघरको परिवारको सदस्यको मञ्जुरिनामा र धन जमानी ।
(छ) व्यक्तिगत धन जमानी बसिदिने १ जना सदस्यको नागरिकताको प्रमाणित प्रतिलिपि १ प्रति ।
(ज) व्यक्तिगत धन जमानी बसिदिने १ जना सदस्यको हालसालै खिचिएको पासपोर्ट साइजको फोटो १ प्रति ।
(झ) ऋण माग गर्ने सदस्यको संस्थामा भएको कारोबार खाताको विवरण, शेयर प्रमाण–पत्रको प्रमाणित प्रतिलिपि ।
(ञ) ऋणीको घर र परियोजनासम्म पुग्ने नक्सा ।