• Satdobato, Lalitpur
  • +९७७५९१५२६४, +९७७५९१५२६२, +९७७५९१५२८०, +९७७५९१३२६८
  • Fax:
  • shubha_mcl@ntc.net.np

धितो कर्जा

धितो कर्जा

(१)    संस्थाले सदस्यको धितोको आधारमा यो कर्जा सुविधा उपलब्ध गराउन सक्नेछ     ।
(२)    सम्बन्धित धितो कर्जा शाखाको निरीक्षण र धितो मूल्याङ्कन कर्ताको मूल्याङ्कन प्रतिवेदन संस्थामा दर्ता भएपछि मात्र जायज लागेमा यो कर्जा उपलब्ध गराउन सक्नेछ  ।
(३)    कर्जाको सीमा, अवधि, ब्याज दर र भुक्तानी तालिका सञ्चालक समितिले समय समयमा निर्धारण गरेबमोजिम हुनेछ ।
(४)     सदस्यले पेश गर्नुपर्ने कागजात र पूरा गर्नुपर्ने प्रक्रिया सञ्चालक समितिले समय समयमा तोके बमोजिम हुनेछ ।


९.१ धितो कर्जा लिनको लागि पेश गर्नुपर्ने कागजातहरू  
(क)    कर्जा माग गरिएको पत्र र ऋणी स्वयम्ले पूर्ण रूपमा भरेको ऋण निवेदन फारम ।
(ख)    नेपाली नागरिकताको प्रमाण–पत्रको प्रमाणित प्रतिलिपि १ प्रति ।
(ग)    हालसालै खिचिएको पासपोर्ट साइजको फोटो १ प्रति ।
(घ)    सम्बन्धित स्थानीय तहबाट निर्माण गर्ने घरको स्वीकृत नक्साको प्रतिलिपि १ प्रति ।
(ङ)    धितो राख्ने घर जग्गाको लालपूर्जाको प्रतिलिपि, सक्कल लिखत र वकसपत्र १÷१ प्रति ।
(च)    धितो दिने घर जग्गाको मालपोत कार्यालयले वित्तिय प्रयोजनका लागि दिन प्रमाणित नापी ट्रेस नक्सा सक्कल र चार किल्ला १÷१ प्रति ।
(छ)    चालु वर्षको तिरो तिरेको रसिद १ प्रति ।
(ज)    मासिक आय, आफ्नो बाहेक एकाघरको परिवारको सदस्यको भएमा नाता प्रमाणित पत्र १ प्रति ।
(झ)     कर्जा उपभोग गर्ने सम्बन्धमा एकाघरको परिवारको सदस्यको मञ्जुरिनामा र धन जमानी ।
(ञ)    धितो रहेको जग्गामा घर भएमा घरको वीमा गरेको विमालेखको सक्कल प्रति ।
(ट)    धितोमा अंशहक लाग्ने अंशियारहरूको विवरण र स्वघोषणा पत्र ।
(ठ)    व्यक्तिगत धन जमानी बसिदिने १ जना सदस्यको नागरिकताको प्रमाणित प्रतिलिपि १ प्रति ।
(ड)    व्यक्तिगत धन जमानी बसिदिने १ जना सदस्यको पासपोर्ट साइजको फोटो १ प्रति ।
(ढ)    ऋण माग गर्ने सदस्यको संस्थामा भएको कारोबार खाताको विवरण, शेयर प्रमाण–पत्रको स्व प्रमाणित प्रतिलिपि ।
(ण)    ऋणीको घर र परियोजनासम्म पुग्ने नक्सा ।