(क) कर्जा माग गर्दा कुन विषयमा कुन शैक्षिक संस्थामा अध्ययन गर्ने हो, कति समयको लागि अध्ययन गर्ने हो, लाग्ने शुल्क र खर्चको प्रमाणित विवरण पेश गर्नु पर्नेछ ।
(ख) शैक्षिक कर्जा प्राप्त गर्ने सदस्यले सम्बन्धित विद्यार्थीको वार्षिक प्रगति प्रतिवेदन पेश गर्नु निजको दायित्व हुनेछ ।
(ग) कर्जाको सीमा, अवधि, ब्याज दर, भुक्तानी तालिका र प्रक्रियागत शुल्क सञ्चालक समितिले समय समयमा निर्धारण गरेबमोजिम हुनेछ ।
(घ) यो कर्जा सदस्य स्वयम् वा सदस्यको एकाघरको परिवारको सदस्यलाई उच्च शिक्षा अध्ययनको लागि प्रदान गरिने छ ।
(च) ब्याजदर त्रैमासिक रूपमा १६% छ, मासिक १५% छ।
४.१ शैक्षिक कर्जा लिनको लागि पेश गर्नुपर्ने कागजातहरू
(क) कर्जा माग गरिएको पत्र र ऋणी स्वयम्ले पूर्ण रूपमा भरेको ऋण निवेदन फारम ।
(ख) नेपाली नागरिकताको प्रमाण–पत्रको प्रमाणित प्रतिलिपि १ प्रति ।
(ग) हालसालै खिचिएको पासपोर्ट साइजको फोटो १ प्रति ।
(घ) कुन विषयमा कहाँ अध्ययन गर्ने हो ? कति समयको लागि अध्ययन गर्ने हो ? लाग्ने शुल्क र खर्चको प्रमाणित विवरण ।
(ङ) ऋणीको घर र परियोजनासम्म पुग्ने नक्सा ।
(च) कर्जा उपभोग गर्ने सम्बन्धमा एकाघरको परिवारको सदस्यको मञ्जुरिनामा र धन जमानी ।
(छ) व्यक्तिगत धन जमानी बसिदिने १ जना सदस्यको नागरिकताको प्रमाणित प्रतिलिपि १ प्रति ।
(ज) व्यक्तिगत धन जमानी बसिदिने १ जना सदस्यको हालसालै खिचिएको पासपोर्ट साइजको फोटो १ प्रति ।
(झ) कर्जा माग गर्ने सदस्यको संस्थामा भएको कारोबार खाताको विवरण, शेयर प्रमाण–पत्रको प्रमाणित प्रतिलिपि ।
(ञ) उच्च शिक्षा अध्ययनको लागि अध्ययन गर्ने शैक्षिक संस्थाले पठाएको पत्रको प्रतिलिपि ।